कुकुर र बिरालोलाई हराउँदै बाख्री बनी सहरको पहिलो मेयर

Advertisement

एजेन्सी । अमेरिकाको वर्मोन्ट फेयर हैवन टाउनमा एक बाख्रीले मेयरको पद जितेकी छ । पहिलो पटक घर पालुवा जनावरलाई मेयर बनाइएको हो । मेयर बनेकी बाख्री ३ बर्षकी छ ।

बाख्रीको नाम लिन्कोन हो । एक बर्षको लागि मेयर बनेकी लिन्कोनलाई टाउन मिटिङको दिन मेयरका लागि छानियो । १६ घर पालुवा जनावरहरुबीच भएको प्रतिस्पर्धामा बाख्रीले मेयरको पद हात पार्न सफल भएकी हो । उनका प्रतिस्पर्धीहरुमा कुकुर र बिरालो थिए ।

लिन्कन १३ भोटले बिजयी घोषित भएकी हो । १० भोटका साथ सेम्मी नामको कुकुर दोस्रो स्थानमा पेरेको थियो भने अन्य उमेरदारहरुले कुल ३० भोट पाएका थिए । मेयर भएपछि लिन्कनबाट अपेक्षा गरिएको छ उ सहरका हरेक कार्यक्रममा सहभागी होस् ।

वर्मोन्ट फेयर हैवन टाउनमा करीब २५ सय मानिसहरु बस्छन् । यहाँ कोही मानिस मेयर छैनन् । टाउन म्यानेजरले भने, ‘उत्तरी मिसिगनको बारेमा यस्तो सुनेको थिए, त्यसपछि उसलाई लाग्यो की स्थानीय खेलमैदानको लागि फन्ड जुटाउने यो राम्रो तरिका हुनसक्छ ।

Advertisement

Advertisement

Advertisement