हेलिकप्टर दुर्घटना जाँचबुझ गर्न तारेभीर गएको टोली एकै दिनमा फर्कियो

Advertisement

ताप्लेजुङ । गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानविन गर्न सरकारद्धार गठित जाँचबुझ समिति आइतबारै राजधानी बिहान पाथीभरा मन्दिर पुगेको समितिले दिउँसो घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीसँग सुकेटारमा छलफल गरेको थियो।

घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीलाई हेलिकोप्टरमा काफ्लेपाटीबाट सुकेटार ल्याएर त्यहिँ छलफल गरेपछि टोली काठमाडौं फिर्ता भएको हो। पाथीभरा मन्दिर पुगेको टोलीले त्यहाँका पुजारी र घटनासँग सरोकार राख्ने अन्यसँग मन्दिर परिसरमै जानकारी लिएको थियो। दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन्।

ताप्लेजुङमै २०६३ साल असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा सरकारले गठन गरेको जाँचबुझ समितिमा पनि गौतम सदस्य थिए। गएको बुधबारनै घटनास्थलमा आइपुग्ने लक्ष्य बनाएको समितिले जाँचबुझको गृहकार्य नसकिएको भन्दै स्थलगत भ्रमणलाई केहिदिन पर सारेको थियो। यसअघि नागरिक उड्यन प्राधिकरणको टोली समेत आन्तरिक जाँचबुझका लागि घटनास्थल खटिइसकेको छ।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement