युवा जागरण अभियानले पहिलो बार्षिकोत्सवमा आर्थिक विकासबारे नीति बहस गर्ने

Advertisement

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तनको नेतृत्वमा अघि बढाइएको युवा जागरण अभियानले आफ्नो पहिलो बार्षिकोत्सवमा नेता एवं विज्ञहरुसहितको नीति बहस गर्ने भएको छ ।

‘नेपालमा सामाजिक तथा आर्थिक विकास’बारेको नीति बहसमा पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता डा. रामशरण महत, अर्का नेता डा. शेखर कोइराला, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्गीम स्वाग्ले लगायत सहभागी हुनेछन् ।

चैत २ गते गौशालास्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे गरिने कार्यक्रमा पुस्तक पनि विमोचन गर्ने कार्यक्रम रहेको संयोजक चिन्तनले जानकारी दिए । उनले गएको बर्षमा मुलुकका थुप्रै ठाउँमा युवा जागरण र बहसका कार्यक्रम गरेको र यस अभियानप्रति धेरैको चासो एवं सकारात्मक प्रतिक्रिया आएको बताउँदै आगामी दिनमा अभियानलाई थप सशक्त बनाइने बताए ।

Advertisement

Advertisement

Advertisement