राष्ट्र बैंकले सात अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्ने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सात अर्ब २६ करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २६ करोड रुपियाँको बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७६ साल जेठ २८ गते परिपक्व हुनेछ । त्यस्तै, एक वर्ष अवधिका लागि जारी हुने पाँच अर्ब रुपियाँको ट्रेजरी २०७६ फागुन २७ गते परिपक्क हुनेछ । यस अघि फागुन १९ गते केन्द्रीय बैंकले करिब १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

राष्ट्र बैंकका अनुसार त्यसबेला २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनको ३ अर्ब १३ करोड रुपैयाँको र १ सय ८२ दिनका लागि ५ अर्ब ५२ रुपैयाँको ट्रेजरी जारी भएको थियो ।

Advertisement

Advertisement

Advertisement