आगलागी पीडितलाई ज्योति बैंकको आर्थिक सहयोग

Advertisement

काठमाडौं। ज्योति विकास बैंकले आगलागी पीडितलाई सहयोग गरेको छ । बैंकले आगलागीबाट पीडित ललितपुर भट्टेडाँडाकी गुणकुमारी घिमिरेलाई सहयोग स्वरुप ५० हजार रुपिया दिएको बैंकले जनाएको हो ।

उनको घरमा गत माघ १४ गते साँझ आगलागी भएको थियो । बैकले राहत स्वरुप प्राप्त रकमलाई जम्मा गर्नका लागि चापागाउँस्थित शाखा कार्यलयमा खाता खोलिदिएको छ ।

ज्योतिले हाल ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटीएममार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकमा खाता खोल्ने ग्राहकको संख्या हालसम्म १ लाख ८२ हजार भन्दा बढी पुगेको बैंकले जनाएको छ । हालसम्म २४ अर्ब १२ करोड रुपैयाँ भन्दा धेरै निक्षेप संकलन गरी २१ अर्ब ३६ करोड रुपैयाँ भन्दा धेरै बराबरको कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement

Advertisement