मानिसलाई  दैनिक कति क्याल्सियम आवश्यक छ ?

Advertisement

एजेन्सी । हामिलाई थाहा छ, हड्डीलाई बलियो बनाउन पनि क्याल्सियम आवश्यक छ । । मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले क्याल्सियमकै कारण शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ जसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ । क्याल्सियमको कमीका कारण उच्चरक्तचाप, कोलोन क्यान्सर, स्तन क्यान्सर, मेटाबोलिक सिण्ड्रोम, प्रिमेनुष्ट्रल सिण्ड्रोम जस्ता रोगहरु लाग्छ ।

कति चाहिन्छ मानिसलाई दैनिक क्याल्सियम र
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चालाई ५ सय देखि ८ सय मिलिग्राम वयस्कमा एक हजार मिलिग्राम र ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष १३ सय मिलिग्राम क्याल्सियम दैनिक आवश्यक पर्छ ।

क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

  • दूध

  • दहि साथै

  • चिज

  • तरकारी तथा हरिया सागसब्जी

  • फलफूल तथा बदाम

  • सामुद्रिक खाद्यपदार्थ

  • सोय तथा सोयजन्य उत्पादन

  • अण्डा

Advertisement

Advertisement

Advertisement