राजसंस्था पुनस्थापना गराउन रोज्ने र क्रान्तिको नाममा त्रास देखाउनेलाई निमिट्यान्नै पाछौंं’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मृत भइसकेको संस्था (राजसंस्था) जिवित गराउन खोज्ने र क्रान्तिका नाममा जनता अल्मल्याउने खोज्ने (नेत्रविक्रम चन्द नेतृत्वको माओवादी)हरुलाई निमिट्यान्न पारिदिने चेतावनी दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवमा सोमबार उनले राजसंस्थाको एजेण्डा बोक्ने राप्रपा र फेरि जनयुद्धको त्रास फैलाइरहेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई लक्षित गर्दै निमिट्यान्न पार्ने चेतावनी दिएका हुन् ।

ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने भन्दै भने, ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुँदैनन्, कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ।’

Advertisement

Advertisement

Advertisement