इन्भेष्टमेण्ट बैंकले नवजात शिशुहरुको खातामा ५०० रुपियाँ खातामा जम्मा गरिदिने

Advertisement

काठमाडौं।  नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आफ्नो ११औं एक्स्टेन्सन काउन्टर र एक सय ११औं एटिएम एकसाथ खोलेको छ ।

काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. दामोदर प्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

आजैदेखि केएमसीमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निशुल्क पाँच सय रुपियाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार विरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन् भने हजार कै हाराहारीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् ।

विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसंगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको बैंकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement