धनगढीको असनपुरमा जनता बैंकको एटिएम सेवा सुरु

Advertisement

काठमाडौं।  जनता बैंकले धनगढीको असनपुरस्थित निसर्ग अस्पताल परिसरमा ९४औं एटिएम सेवा सुरु गरेको छ ।

एक समारोहकाबीच धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।

असनपुर क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको बैंकले बताएको छ ।

Advertisement

Advertisement

Advertisement