महालक्ष्मी विकास बैंकले दियो विद्यालयलाई सेनेटरी न्यापकिन वेन्डिङ मेसिन

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकको महिलवार, लुम्बिनी शाखाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारी महिलवार, लुम्बिनीमा अवस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखी कक्षा १२ का किशोरीहरुका लागि सेनेटरी न्यापकिन वेन्डिङ मेसिन जडान गरेको छ ।

उक्त मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् । यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन् ।
बैंकले यस प्रकारको सामाजिक कार्यले किशोरीहरुको मनोबल वृद्धिमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरेको छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

Advertisement

Advertisement

Advertisement