महिला साफ फुटबलः भुटानविरुद्ध नेपाललाई ३-० को अग्रता

Advertisement

विराटनगर । विराटनगरमा मंगलबार सुरु महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध तीन गोलको अग्रता लिएको छ ।

शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालले पहिलो हाफमा २ गोलको अग्रता बनाएको थियो । विराटनगरको सहिद रंगशालामा भइरहेको उद्घाटन खेलमा नेपालका लागि १३ औँ मिनेटा मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै अग्रता दिलाउन सफल भएकी थिइन् ।

त्यसको तीन मिनेट नबित्दै नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले गोल गरेपछि नेपालले २-० को अग्रता बनाउन सफल भयो । हरि खड्काको प्रशिक्षणमा भुटानविरुद्ध उत्रिएको नेपालले केही राम्रा अवसर भने आवश्यक तालमेलको अभावमा खेर फालेको थियो ।

सावित्रा भण्डारी र अनिता बस्नेतले वान भर्सेस वान को अवस्थामा पनि गतिला अवसरलाई जाली चुमाउन सकेनन् । कमजोर मानिएको भुटानले डिफेन्स लाइनमा सुधारिएको प्रदर्शन गर्दै नेपाललाई थप गोल हुनबाट रोक्यो ।

खेलको दोस्रो हाफमा पनि नेपालले आक्रमक खेलिरहेको छ । नेपालले दोस्रो हाफमा पनि अर्को गोल थप्न सफल भएको छ । खेलको ५४ औँ मिनेटमा कप्तान निरु थापाले ३.०को अग्रतामा पुर्यार्उन सफल भएकी हुन् ।

Advertisement

Advertisement

Advertisement