नेपाल बङ्गलादेश बैंकका थप तीनवटा शाखा सञ्चालन

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रसुवाको टिमुरे, कन्चनपुरको महेन्द्रनगर, कैलालीको टिकापुर र बाँकेको कोहलपुरमा शाखा उद्घाटन गरी कारोबार सुरु गरेको जनाएको हो ।

बैंकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकका यी तीनवटा शाखासहित देशभर ८५ वटा शाखा, सातवटा एक्सटेन्सन काउन्टर, दुई शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ६३ वटा एटीएमबाट बैंकिङ सुविधा दिंदै आएको जानाएको छ ।

Advertisement

Advertisement

Advertisement