साफ महिला फुटबलमा भुटानलाई हराउँदै नेपालको सुखद सुरुवात

Advertisement

विराटनगर । मोफसलमा पहिलो पटक भएको अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालले सकारात्मक सुरुवात गरेको छ । मंगलबार विराटनगरमा सुरु भएको महिला साफ च्याम्पियन्यसिप फुटबल प्रतियोगितामा नेपालले भुटानविरुद्ध ३–० गोलको सहज जित निकालेको हो ।

यसअघिका खेलमा ७–० अन्तरले हराउँदै आएको नेपालले यस पटक भने अन्तर बढाउन सकेन । उद्घाटन खेलमा नेपालले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गरेको थियो । विराटनगरको सहिद रंगशालामा भएको खेलमा नेपालका लागि १३ औँ मिनेटमा मञ्जली योञ्जनले पहिलो,
त्यसको तीन मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले दोस्रो र ५४ औँ मिनेटमा निरु थापाले तेस्रो गोल गर्न सफल भएका थिए ।

नेपालको खेल राम्रो हुँदाहुँदै पनि धेरै अवसरहरु गुमाएको थियो । च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। नेपाली टोलीको नेतृत्व नीरू थापाले गरेकी छन् । यसअघि नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएकोले यस पटक घरेलु मैदानमा भइरहेको खेलमा च्याम्पियन बन्ने धेरै लिइएको छ ।

Advertisement

Advertisement

Advertisement