नेप्सेले रिलायन्सलाई स्पष्टिकरण सोध्यो, सेयर कारोबार पनि रोक्का

Advertisement

काठमाडौं।  रिलायन्स फाइनान्सको सेयर कारोबार रोक्का भएको छ ।  लाभांश सम्बन्धी निर्णय सम्बन्धि  जानकारी नगराएको भन्दै कम्पनीको सेयर कारोबार राक्का गरिएको नेप्सेले जनाएको छ । नेप्सेले रिलायन्सलाई २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।

रिलायन्सको सञ्चालक समितिले आइतबार (फागुन २६ गते) नै २ दशमलव तीन प्रतिशत  नगद लाभांश दिने निर्णय गरेपनि नेप्सेलाई भने मंगलबार मात्र जानकारी गराएको थियो । बजार मूल्यसँग सम्बन्ध राख्ने निर्णयहरु तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

Advertisement

Advertisement

Advertisement