एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्डसँग हकप्रद सेयर जारी गर्न अनुमति माग्यो

Advertisement

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले तीन सय प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

एभरेष्टले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५५ संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो । उक्त संस्थापक हकप्रदपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपियाँ पुगेको छ । अहिले यही पुँजीको ३००५ हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने कम्पनीले जनाएको छ ।

अब निष्कासन हुने तीन सय प्रतिशत हकप्रदपछि भने पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्म यस इन्सुरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपियाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ ४०२ रुपियाँ ९१ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement