स्पष्टीकरण बुझाएपछि रिलायन्सको सेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जलाई स्पष्टीकरण बुझाएपछि रिलायन्स फाइनान्सको सेयर कारोबार फुकुवा भएको छ । स्पष्टीकरण सन्तोषजनक नभएपनि आगामी दिनमा गल्ती नदोहोर्याउन सचेत गराउँदै नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो ।

लाभांश सम्बन्धी निर्णय जानकारी गराउन विलम्ब गरेपछि नेप्सेले २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै रिलायन्सको सेयर कारोबारमा समेत रोक लगाएको थियो ।

रिलायन्सको सञ्चालक समितिले गत आइतबार नै २.६३ प्रतीशत नगद लाभांश दिने निर्णय गरेपनि नेप्सेलाई भने मंगलबार मात्र जानकारी गराएको थियो । बजार मूल्यसँग सम्बन्ध राख्ने निर्णयहरु तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने प्रावधान रहेको छ ।

Advertisement

Advertisement

Advertisement