सेयर बजारको सुधार टिकेन, जलविद्युतमा बढि गिरावट

Advertisement

काठमाडौं । सेयर बजारमा मंगलबार देखिएको सुधारमा बिहीबार ब्रेक लागेको छ । आज नेप्से परिसुचक १३ अंकले घटेर एक हजार १५० कायम भएको छ भने कारोबार पनि घटेर ३७ करोड रुपियाँमा सीमित भएको छ ।

आज धेरै कारोबार गर्नेमा नागरिक लगानी कोष रहेको छ । उसको दुई करोड रुपियाँको कारोबार भएको छ । आज धेरै नाफा गर्नेमा युनाइटेड फाइनान्सका लगानीकर्ता रहेका छन् भने घाटा खानेमा अरुण काबेली पावरका लगानीकर्ता अगाडि छन् ।

समूहगत कारोबारतर्फ वित्त समूहमा सामान्य सुधार देखिए पनि बाँकी समूहहरु घटेका छन् भने । जलविद्युत समूहको उपसुचक करिव साढे दुई प्रतिशतले घटेको छ । बाणिज्य बैंकलगायतका समूह एक प्रतिशतभन्दा बढिले घटेको छ ।

Advertisement

Advertisement

Advertisement