स्वावलम्बन लघुवित्तले भिमफेदी गाउँपालिकालाई दियो डस्टवीन

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्तको भिमफेदी शाखाले मकवानपुर जिल्ला स्थित भिमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ ।

भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोह बीच १० थान डस्टवीन र त्यसको स्टयाण्ड सहित गाउँपालिकाकालाई हस्तान्तरण गरिएको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि डस्टवीन वितरण गरेकोमा धन्यबाद दिँदैै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको अध्यक्ष हिदम लामाले बताए ।

शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताए । वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत आगामी दिनमा समेत विभिन्न स्थानमा समुदायसंग सहकार्य गर्दै जाने बताए ।

Advertisement

Advertisement

Advertisement