क्लियरिङ हाउसका सिइओको पदावधि थपियो

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चालक समिति बैठकले नीलेशमानसिंह प्रधानको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदावधि चार वर्षको लागि थपेको छ । प्रधान नेपाल क्लियरिङ हाउसमा २०६७ चैतदेखि कार्यरत थिए ।

काठमाडौं विश्वविध्यालयबाट बिई र इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजिबाट एमबीए गरेका प्रधानको बैंकिङ तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्षको अनुभव रहेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीको संयुक्त लगानी रहेको क्लियरिङ हाउसले राष्ट्रियस्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement