त्रिशुलीले ३७ करोड पाँच लाख बराबरको आइपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौं। त्रिशुली जलविद्युत कम्पनीले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत ३७ करोड पाँच लाख रुपियाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले ३७ लाख ५ हजार कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो   ।

जनताको जलविद्युत कार्यक्रमले यहि चैतदेखि सेयर जारी गर्ने बताएको थियो जसमा बोर्डबाट अनुमति माग्ने पहिलो कम्पनीमा त्रिशुली परेको छ।  त्रिशुलीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपियाँको लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । यी आयोजनाहरुबाट कुल एक खर्ब दुई अर्ब २८ करोड रुपियाँ बराबरको सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

Advertisement

Advertisement

Advertisement