विदेशी लगानी भित्र्याउने उद्देश्यले हुन लागेको लगानी सम्मेलनको प्रचार मलेसियामा

Advertisement

काठमाडौं । विदेशी लगानी भित्र्याउने उद्देश्यले आगामी चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनबारे जानकारी दिन मलेसियामा मङ्गलबार प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा मलेसियाका लागि नेपालका नवनियुक्त राजदूत उदयराज पाण्डेले नेपालमा सरकारले आफ्नो सम्पूर्ण ध्यान देशको आर्थिक विकासमा केन्द्रित गरेको जानकारी गराउँदै जलविद्युत्, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा लगानी गरेर प्रतिफल लिने उपयुक्त समय आएको बताए ।

राजदूत पाण्डेले आगामी लगानी सम्मेलनमा सक्रियतापूर्वक सहभागिता जनाउन कार्यक्रममा उपस्थित व्यवसायी तथा लगानीकर्तालाई आह्वान गर्दै त्यसका लागि लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।

उक्त कार्यक्रममा मलेसियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ता, कम्पनी, नेपाल–मलेसिया व्यापारिक परिषद्का प्रतिनिधि, विश्व बैंकका पदाधिकारीलगायतको उपस्थिति रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement