देवः विकास बैंकले सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्स सुविधा दिने

Advertisement

काठमाडौं।  देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बिहीबार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो सेवा देवः विकास बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Advertisement

Advertisement

Advertisement