ईजी मोबाइलको दुई स्मार्टफोन एकै मासिक किस्ताबन्दीमा पाईने ‘कम्बो अफर’ सार्वजनिक

Advertisement

काठमाडौं । एक रुपियाँमा नै मोबाइल ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो ।

कम्बो अफरमा एउटा स्मार्टफोन किस्तामा लिँदा अर्को स्मार्टफोन सस्तो मूल्यमा नै लान सकिने गरि कम्बो किस्ताबन्दी अफर ल्याएको छ । यो योजनामा तोकिएका ब्राण्ड र मोडलका दुई स्मार्टफोनहरु एकैपटक मासिक किस्ताबन्दीमा लान सकिनेछ । अर्थात् एउटै मासिक किस्तामा दुईवटा मोडलका स्मार्टफोनहरु ग्राहकले किन्न पाउने छन् । त्यसको लागि ग्राहकहरुले केबल १ रुपियाँ तिरेपछि घर लैजान सक्नेगरि मासिक किस्ताबन्दीमा सहभागी हुन पाउनेछन् ।

कम्बो मासिक किस्ताबन्दी अफरमा सामसंगको हालै सार्वजनिक ग्यालेक्सी एस१० संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । त्यसैगरि ग्यालेक्सी एस१०प्लस संग सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एउटै किस्तामा लान सकिने छ । सामसंग एम २०का साथमा सामसंगकै ग्यालेक्सी जे सेभेन एनएक्सटी स्मार्टफोन एक रुपियाँ मासिक किस्तामा लाने कम्बो अफर पनि उपलब्ध छ ।

यो योजनामा साओमीको एम ८ लाइट र रेडमी एस २ स्मार्टफोन संयुक्तरुपमा उपलब्ध छ भने भीभोको भी१५प्रो र वाई ५३सी स्मार्टफोन एकैसाथ किन्न सकिने छ । भीभो कै भी नाइन र भीभो वाई५३सी स्मार्टफोन एउटै अफरमा राखिएको छ । +ओपोको एफ ९ का साथमा ओपो ए थ्रीएस स्मार्टफोन कम्बो अफरमा उपलब्ध हुनेछ भने ओपो आर १७ प्रोका साथमा ओपोकै ए ३एस स्मार्टफोन कम्बो मासिक किस्ताबन्दीमा उपलब्ध छ । ह्वावेको वाई सेभेन प्रो २०१९ भर्सन र वाई सेभेन प्रो २०१८ प्रो एकैपटक रु.१ तिरेर किस्ताबन्दीमा किन्न सकिन्छ भने नोकियाको नोकिया ५ र नोकिया २ पनि यसै अफरमा उपलब्ध छ ।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ । यस कम्पनीबाट एक रुपियाँमा किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछन् भने यो अफरअन्तरगत ग्राहकहरुको मोबाइल फोन बिग्रेमा घरमा नै लिन आउने र मर्मतपछि पुर्याईदिने सेवा उपलब्ध गराईनेछ ।

ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले ग्राहकहरुको मागलाई ध्यानमा राखेर नयाँ कम्बो अफर मासिक किस्तामा ल्याएको बताए । ‘ग्राहकहरुलाई सस्तो मूल्यमा एकैपटक दुईवटा स्मार्टफोनहरु एउटै किस्ताबन्दीमा किन्न सकिने गरि नयाँ अफर ल्याएका छौं । नेपालमै पहिलो पटक यस्तो अफरबाट ग्राहकहरुले सस्तो मूल्यमा दुईवटा फोनहरु सजिलै किन्न सक्नेछन्,’ अध्यक्ष पौडेलले भने ।

अध्यक्ष पौडेलकाअनुसार यो कम्बो मासिक किस्ताबन्दी अफर बाहेक सामसंग, ह्वावे, भीभो, साओमी, ओपोलगायत नेपालमा उपलब्ध सम्पूर्ण ब्राण्डका अन्य सबै स्मार्टफोनहरु एक रुपियाँमा नै किन्न सकिने छ । यसबाहेक पनि कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने गरेको छ । अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयरबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना सेवाहरु संचालन गर्दै आएको गराउँदै आएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement