बर्दिवासमा कामना सेवाको थप एक शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंकले महोत्तरीमा थप एक शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले जिल्लाको बर्दिवास नगरपालिकामा बिहीबार ७३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका सञ्चालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे।

united

कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए।