विप्लवलाई चन्दा दिनेलाई पनि कारवाही हुन्छः सरकार

Advertisement

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले विप्लवको पार्टीलाई चन्दा दिने तथा अन्य सहयोग गर्नेलाई पनि कारवाही गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रचलित कानून अनुसार कारबाही गरिने बताए ।

विप्लव समूहलाई प्रतिवन्ध लगाएको सरकारले सोही समूहलाई लक्षित गरी अवैध हतियार तथा खरखजना नियन्त्रण गर्न सूचना जारी गर्ने तयारी गरेको छ। साथै, सरकारले सार्वजनिक जग्गा हिनामिना सम्बन्धी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ।

नेपाल सरकारको नाममा रहेको रेडियो नेपालको मोही कायम गरिएको ललितपुर जिल्लामा रहेको ११८ रोपनी जग्गा सूचना प्रविधि सम्वन्धी उधोग वा व्यवसाय स्थापना गर्नका लागि सूचना पार्क स्थापना गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

Advertisement

Advertisement

Advertisement