सामुदायिक लघुवित्तको एजीएम चैत २४ गते

Advertisement

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले पाचौँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनी संचालक समितिको फागुन २९ गते बसेको १०४ औं बठकले चैत २४ गते बिहान ११ बजेका लागि साधारण सभा बोलाएको हो ।

लघुवित्तले साधारण सभाले संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयरधनीहरुको तर्फबाट ४ चना संचालक र सर्वसाधारण शेयरधनीरुको तर्फबाट २ जना संचालकको निर्वचान गर्नेछ ।

यस्तै, संस्थाको चुक्ता पूँजी १० करोड रुपियाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत साधारण सभामा पेश गरिनेछ । मंसिरमा ३ लाख कित्ता आईपिओ निष्काशन गरेको कम्पनीको चुक्ता पूँजी दश करोड रुपियाँ पुगिसकेको कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ११ गते देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । चैत १० गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउने कम्पनीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement