आइपीओ बिक्री गर्न त्रिशुलीलाई अनुमति, चैतको पहिलो हप्तामा बिक्री खुल्ने

Advertisement

काठमाडौं ।  त्रिशुली जलविद्युत् कम्पनीले चैत ७ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३७ करोड ५ लाख रुपियाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो हो ।

न्यूनतम १ सय कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन सकिने कम्पनीको यस सेयरमा पहिलो चरणमा प्रतिकित्ता १००  रुपियाँमा आवेदन दिन सकिने आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

जसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आइपीओ सि–आस्वा मार्फत आवेदन दिन सकिनेछ ।

यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement