फेसबुकका दुई उच्च अधिकारीले जागिर छोडे

Advertisement

काठमाडौ । लोकप्रिय सामाजिक संञ्जाल फेसबुकका दुई उच्च अधिकारीहरले फेसबुक छोडेका छन । फेसबुकको इतिहासमा सबैभन्दा ठुलो समस्या आएको दुई दिनमै दुई उच्च पदका अधिकारीले फेसबुकबाट बिदा लिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकका चिफ प्रोडक्ट अफिसर क्रिस कोक्स र ह्वाटसएपका प्रखुख क्रिस डेनियलले उक्त संस्थाबाट बिदा भएको बताएका छन ।

कोक्सले सन २००५ मा फेसबुकमा काम शुरु गरेका थिए भने डेनियलले काम शुरु गरेको भर्खर एक वर्ष पुगेको छ ।उनीहरुको बर्हिगमनको ठोस कारण भने खुलाइएको छैन । फेसबुक, ह्वाटसएप, इन्स्टाग्राम लगायत केहि सञ्जालमा दुइ दिन अघि ठुलो समस्या आएको थियो ।

मार्क जुकरवर्गले फेसबुकलाई नयाँ सुरक्षा केन्द्रित ढाँचामा परिवर्तन गर्ने बताएको केहि समयमा नै उक्त दुई पदाधिकारीहरु बर्हिगमन भएका छन ।फेसबुकमा कार्यरत कोक्स सफ्टवेयर इन्जिनियरको रुपमा कार्यरत रहि विभिन्न विशेषताहरु थप गर्न निकै महत्वपुर्ण भुमिका खेल्दै आएका थिए ।

उनको बर्हिगमनलाई लिएर फेसबुकका संस्थापक जुकरवर्गले खास कारण खुलाएका छैनन । तर उनले आफु छलफलमा भएको र धेरै वर्षका लागि केहि नयाँ गर्ने इच्छा भएको बताएका छन ।

त्यसैगरी ह्वाट्सएपका प्रमुख डेनियलको ठाउँमा अब फेसबुक मोबाइल एपका प्रमुख विल क्याथकार्ट आउने छन । तर फेसबुकबाट हटेका कोक्सको ठाउँमा को आउँछ भन्नेबारे केहि खुलाइएको छैन ।

फेसबुकले विगत दुइ वर्षमा धेरै जना कार्यकारी व्यक्तिहरु गुमाएको छ । फेसबुकलाई प्रयोगकर्ताको सुरक्षामा ध्यान नदिएको र नचाहिने विषयबस्तु र गलत सूचना सम्प्रेषण गरेको आरोप व्यापक रुपमा लाग्दै आएको छ । विभिन्न आरोप र बेलाबेलामा समस्या आएपनि फेसबुकले भने आफ्ना प्रयोगकर्ताको संख्या बढिरहेको जनाएको छ । तर केहि अनुसन्धानहरुले उल्लेख गरे अनुसार अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या सन २०१७ यता १५ मिलियनले घटेको छ ।

Advertisement

Advertisement

Advertisement