बैंक तथा वित्तीय संस्थाहरुमा जागिरको अवसर (सुचनासहित)

Advertisement

काठमाडौं।  सिभिल बैंकले जागिरको लागि आवेदन खुला गरेको छ।   बैंकले इलेक्टीसियनको पदका लागि केही कर्मचारीको माग गरेको छ । बैंकका उपत्यकाभित्रका विभिन्न शाखा कार्यलयकाहरुमा भिजिट गर्नुपर्ने जनाएको छ । यस बैंकमा जागिर खान ईच्छुक महानुभावले यहि चैत ८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ । यस्तो छ अन्य विवरण:



त्यसैगरी जनता बैंकले पनि छ जना कर्मचारीको आवश्यकता भन्दै सुचना सार्वजनिक गरेको छ। बैंकले सम्बन्धित विषयमा स्नातक वा स्नाकोत्तर गरेकाहरुका लागि आईटी डिपार्टमेन्टमा जागिर खाने कर्मचारीको माग गरेको हो ।

बैंकले कम्तिमा पनि दुई बर्षको अनुभव भएको कर्मचारीको माग गरेको छ । यस बैंकमा जागिर खान ईच्छुक महानुभावले यहि चैत छ गतेसम्म आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ । यस्तो छ अन्य विवरण:



यता सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि कर्मचारी माग गरेको सुचना प्रकाशित गरेको छ।   संस्थाले वरिष्ठ प्रबन्धकका लागि केही, वरिष्ठ अधिकृतका लागि केही, साहायक वरिष्ठ आईटीका लागि एक जना र साहायक वरिष्ठका लागि केहीका लागि कर्मचारीको माग गरेको सुचना सार्वजनिक गरेको हो । यसमा भने आवेदकले यहि चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।यस्तो छ अन्य विवरण:

 

त्यस्तै अर्को संस्था स्वदेशी लघुवित्तले विभिन्न ६ पदका लागि कर्मचारीको माग गरेको छ । यसमा भने सम्बन्धित विषयमा एसएलसी देखि स्नातक वा स्नाकोत्तर गरेको कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने संस्थाले जनाएको छ ।यस्तो छ अन्य विवरण:



 

Advertisement

Advertisement

Advertisement