कामना सेवाका ग्राहकलाई ग्रान्डि हस्पिटलमा छुट

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले ग्रान्डि इन्टरनेशनल हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकले हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभलोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा एटीएम मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement