‘दाल भात तरकारी’को शीर्ष गीत युट्युबमा

Advertisement

कठमाडौँ । बैशाख २० बाट प्रर्दशनमा आउन लागेको मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को शीर्ष गीत सार्वजनिक भएको छ ।

शुक्रवार राजधानीको एक कार्यक्रमका बीच फिल्मको पहिलो गीत ‘भिजिट भिषामा’ ले युट्युबमा करोड भ्यूज पाउन सफल भएको खुसीयालीमा निर्माण टिमले शिर्ष गीत सार्वजनिक गरेको हो । राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा कलाकारहरु पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह रहेका छन् । हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ ।

मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । सुदन केसीयस फिल्मबाट निर्देशकमा डेब्यू गरेका छन् । फिल्मले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ । मित्र डि। गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

https://www.youtube.com/watch?v=DB0o9A47ICw

Advertisement

Advertisement

Advertisement