काठमाडौंको कालिमाटीमा देवः विकास बैंकको शाखा

Advertisement

काठमाडौं । देवः विकास बैंकले काठमाडौंको कालिमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस शाखाको उदघाटन गरे ।

कार्यक्रममा प्रमुख शाक्यले ‘मेरो काठमाडौं मैले बनाउँछु’ भन्ने भावनासहित समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा सम्वन्धित् क्षेत्रमा आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने बताउँदै बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा शाखा विस्तार गर्ने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुच विस्तारका लागि काम गर्दै आएको देवः विकास बैंकले निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

काठमाडौं महानगरपालिका, वडा नं १३ का वडा अध्यक्ष ध्रुवनारायण मानन्धरले बैंकको शाखा सञ्चालनबाट यस क्षेत्रमा भएका अवसरहरुलाई थप सदुपयोग भई वडाको विकासमा मद्दत पुग्ने बताए ।

Advertisement

Advertisement

Advertisement