लुम्बिनीमा बार्षिक साढे १५ लाख पर्यटक, पर्यटन प्रवद्र्धन गर्न लुुम्बिनी भ्रमण वर्ष मनाइने

Advertisement

रुपन्देही । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो । यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको घोषणा गरेको थियो ।

वैशाखको बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी भ्रमण वर्षको आरम्भ हुने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, अनोमा नदीलगायतका क्षेत्रलाई समेटेर विभिन्न कार्यक्रम गरिने छ ।

भ्रमण वर्षका क्रममा मायादेवी प्रसुतिमार्ग घोषणा एवं प्रसुति उत्सव गर्ने कार्यक्रम छ । यस्तै लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, मायादेवी मन्दिर परिषरमा दैनिक दिप प्रज्वलन, मासिक ‘फुल मुन डे’ उत्सव, धार्मिक यात्रा÷त्रिपिटक बाचन, पूजाआज योग तथा ध्यान शिविर, सडक प्रदर्शनीको आयोजना गरिने छ ।

बुद्धबारेको सडक प्रदर्शनी बुद्ध सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन, साहित्य प्रतियोगिता आयोजना गरिने छ । यसैगरी विश्वशान्ति सुमधुर साँझ, पर्यटक गाइड तथा स्वयमसेवक तालीम, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गर्ने योजना बनाइएको छ । भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा रहेको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गरिने कार्यक्रम छ ।

कार्यक्रमका लागि पर्यटन मन्त्रालयले रु चार करोड १९ लाख ६० हजार बजेट व्यवस्थापन गरेको जनाएको छ । पर्यटन मन्त्रालयले प्रस्ताव गरेको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय छ । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले छुट्याइएको बजेटमध्ये रु दुई करोड २७ लाख ९० हजार चालू आर्थिक वर्षमै खर्च हुने बताउए ।

प्रदेश ५ को समृद्धिको आधार पर्यटन भएकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । लुम्बिनी भ्रमण वर्षले अन्तर्राष्ट्रय जगतमा लुम्बिनीको प्रचारप्रसार हुने र र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटकको बसाइसमेत लम्बिने प्रदेश सरकारको विश्वास छ ।

बुद्ध जन्मस्थल र बुद्ध पथसँग सम्बन्धित क्षेत्रको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउन थालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता जीवन पाण्डेले बताउनुभयो । मन्त्रालयका सचिव धनञ्जय पौडेलले भ्रमण वर्ष पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि प्रचारप्रसारमा महत्वपूर्ण साबित हुने बताए ।

लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने सचिव पौडेलको विश्वास छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र संवद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पुर्याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको मन्त्री लिला गिरीले बताए ।

भ्रमण वर्ष सफल बनाउन मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा ७१ सदस्यीय मूल समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीको संयोजकत्वमा १३ सदस्यीय कार्यकारी समिति गठन गर्ने तयारी गरिएको छ । पर्यटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रूपमा मनाउन प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरको थियो । वैशाख पूर्णिमाबाट आरम्भ हुने भ्रमण वर्ष चैत्र पूर्णिमामा समापन हुनेछ ।

विश्वशान्तिको प्रतीक लुम्बिनीमा लुम्बिनी क्षेत्र बौद्ध धर्मावलम्बीका लागि महत्वपूर्ण क्षेत्र भएकाले विश्वका ८७ देशका पर्यटक वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार लुम्बिनीमा सरदर वार्षिक १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटक आउँछन् । रासस

Advertisement

Advertisement

Advertisement