सेन्ट्रल फाइनान्सको एजीएम चैत ५ गते

Advertisement

काठमाडौं । सेन्ट्रल फाइनान्सले चैत ५ गते वार्षिक साधारण सभामा उपस्थित आह्वान गरेको छ । फाइनान्स समितिको बैठकले उक्त सभा नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा आयोजना गर्ने घोषणा गरेको हो ।

फाईनान्सले चैत ५ गते साधारण सभा गर्न फागुन २३ देखि चैत ४ गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले नगद लाभंश वितरणमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपियाँ खर्च गर्नेछ । फाईनान्सका लगानीकर्तालाई ७५ नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डा प्रस्तुत गरिने जानकारी दिएको छ ।

हाल यस को चुक्ता पुँजी ८२ करोड ३३ लाख रुपियाँ छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने अनि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायतका एजेन्डा पनि रहेका छन् । फागुन २२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement