चिन्तन पौडेल नेतृत्वको युवा जागरण अभियानले पहिलो बार्षिकोत्सव मनायो

Advertisement

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तन पौडेलले नेतृत्वको टिमले सञ्चालन गदै आएको युवा जागरण अभियानले पहिलो बार्षिकोत्सव बनाएको बनाएको छ । शनिबार आयोजित अभियानको बार्षिकोत्सवको पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता रामशरण महतले उदघाटन गरे ।

सामाजिक विकासबाट नै आर्थिक समृद्धि संभव छ भन्ने मुल नारासहित अभियानले विगत एक बर्षमा मुलुकका विभिन्न ठाउँमा बहस र अन्तरक्रिया कार्यक्रम गर्दै आएको थियो । पहिलो बार्षिकोत्सवमा अभियानले जागृति नामक पुस्तक पनि प्रकाशन गरेको छ । पुस्तकमा अभियानको उद्देश्य तथा विगतका गवितिधि समावेश छन् ।

कार्यक्रममा पूर्वअर्थमन्त्री महत, काँग्रेस नेताहरु शेखर कोइराला, बद्री पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्गीम वाग्लेले बालेका थिए । अभियानका अध्यक्ष चिन्तन पौडेलले युवाहरुलाई मुलुकमै अवसर र प्रोत्साहनको अभाव रहेको भन्दै जसका कारण उनीहरु कामका लागि विदेशिन बाध्य भएको बताए ।

yuwa

Advertisement

Advertisement

Advertisement