नेशनल लाइफको साधारणसभा चैत १५ गते, १३.५० प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौं । नेशनल लाइफले चैत १५ गते साधारण सभा बोलाएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले शुक्रबारदेखि बुक क्लोज गरेको हो ।

कम्पनीको १३.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आज आइतबार नेशनल लाइफको प्रतिकित्ता ५८९ रुपियाँ ४३ पैसालाई आधार मानेर सेयर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य ९९० रुपियाँ ७१ पैसा छ ।

सभामा कम्पनीले सेयरधनीलाई १३.५० प्रतिशत बोनस सेयर र कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपियाँ नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

कम्पनीको साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ । यो इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ११ लाख ८७ हजार रुपियाँ खुद नाफा कमाएको जानकारी दिएको छ ।

अहिले कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपियाँ रुपियाँ छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी १२ रुपियाँ ९२ पैसा छ ।

Advertisement

Advertisement

Advertisement