माउन्टेन हाइड्रोको आइपीओ बाँडफाँट गर्दा सबैलाई ३० कित्ता, धेरै पाउनेको भागमा ४० कित्ता

Advertisement

काठमाडौं । माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाँट हुँदा आवेदकले सामान्यमा ३० कित्ता देखि  अधिकतम ४० कित्तासम्मको सेयर पाएका छन् । कुल २३ हजार ९ सय ६५ जनाले थप १० कित्ताका दरले सेयर पाएका हुन् ।

सिद्धार्थ क्यपिटलको कार्यालयबाट आइतबार सेयर बाँडफाँट हुँदा कम्पनीले फागुन २३ देखि २८ गतेसम्म १०० रुपियाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ९५४ जनाले सेयर भरेका छन् ।

यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपियाँ छ । यसैगरी, पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजनामा प्रतिमेगावटको लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपियाँ रहेको कम्पनीले जनाएको छ। यसमा लगानी फिर्ता हुन ८.२७ वर्ष लाग्नेछ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.७२ वर्ष छ ।

Advertisement

Advertisement

Advertisement