३५ जिल्लामा महालक्ष्मी लाईफको बिमा जागरण कार्यक्रम सञ्चालन

Advertisement

काठमाडौं। महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार सञ्चालनको एक महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ।

गत माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको जनाइएको छ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका थिए ।

Advertisement

Advertisement

Advertisement