देशभर बिमा पहुँच बढाउन 'एससिस'ले अभियान चलाउने

Advertisement

काठमाडौं। नेपालमा बिमाको पहुँच बढाउने देशका सातै प्रदेशमा ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन हुने भएको छ।

लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर बिमासम्बन्धी सचेतना जगाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो ।

बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले चलाउन लागिएको अभियानको उद्घाटन चैत ९ गतेबाट सुरु हुने भएको हो  ।

अभियानको सुरुवातल उदयपुरको बेलका नगरपालिकाबाट हुनेछ । करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बिमा साक्षरताको अभावमा बिमा नगरेको र बिमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियान सुरु गर्न लागिएको एनसिसले जनाएको छ ।

उद्घाटनसँगै अभियानको पहिलो चरणमा धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ ।

उद्घाटनपछि हुने सबै कार्यक्रम घुम्ती ट्रकमार्फत् गरिने आयोजकले जनाएको छ । एनसिसका सल्लाहकार एवं बिमा विज्ञ डा. रविन्द्र घिमिरेका अनुसार त्यसक्रममा सचेतनामूलक श्रव्यदृश्य सामग्री, सडक नाटक, विज्ञका विचार र कालाकारमार्फत् प्रस्तुति दिएर बिमा नगरेका नागरिकलाई बिमा गर्न प्रेरित गरिनेछ ।

अभियानका सल्लाहकार एवं नेपाल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक विक्रान्त पाण्डेले घुम्ती बिमा कार्यक्रम हुने स्थानमै बिमा गर्ने सुविधा पनि प्रदान गरिने बताए । नेपालमा बिमा सेवा कुल जनसंख्याको १७ प्रतिशतमा पुगेको जनाइएको छ।

Advertisement

Advertisement

Advertisement