बजाजको 'बजाज उल्टो अफर' योजनामा मोटरसाइकल किन्नु अगाडी नै स्क्रयाच कार्ड पाइने

Advertisement

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारासहित नयाँ वर्षको योजना शुरु गरेको हो ।

बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केहि भिन्न प्रकारको अफर ल्याएको छ । जसमा ग्राहकहरुले केहि सामान खरिद गरेपछि नगद छुट पाउने गरेका थिए । यस योजना अन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जनाएको छ ।

जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् । उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरी छुट पाउने कम्पनीले जनाएको छ । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै एक लाख रुपैयाँ सम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि एक लाख रुपियाँसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् ।

यस योजनाको शुभराम्भगर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा ‘बजाज उल्टो अफर’ ल्याएको  हो । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्ने छन् । हामीले यस्तो प्रकारको योजना पहिलो पटक ल्याएका हौँ ।’

Advertisement

Advertisement

Advertisement