आईईएलटिएस परिक्षाको शुल्क भुक्तानी अब इसेवाबाटै

काठमाडौं । आईडीपी एजुकेशनले नेपालमा सन्चालन गर्दै आएको आईईएलटिएस परिक्षाको शुल्कको भुक्तानि अबदेखि इसेवा मार्फत गर्न सकिने भएको छ ।

अनलाइन भुक्तानीसम्बन्धि सम्झौतापत्रमा आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेबीच हस्ताक्षर गरे ।

कार्यक्रममा आईएलटिएसका नेपाल प्रमुख खड्कीले यस सम्झौताले आईईएलटिएस परिक्षाथीहरुलाई शुल्क भुक्तान गर्न बैंक गएर लाईनमा उभिने झन्झ्टबाट छुट्कारा दिदै समग्र रजिष्ट्रेसन पक्रियामा सहजता ल्याउनेछ भन्ने विस्वास प्रकट गरे ।

बिस्वभरिका ६० वटा भन्दा धेरै देशहरुमा आईएलटिएस परिक्षा सञ्चालन गर्दै आएको आईडीपीले नेपालमा काठमाडौं लगायत पोखरा, चितवन, बुटवल, बिराटनगर र बिर्तामोडमा परिक्षा सन्चालन गर्दछ । १९ हजार पाँच सय रुपियाँमा परिक्षा शुल्क इसेवाको मोबाईल एप, वेवसाईट वा कुनैपनि नजिकैको इसेवा जोन पोइन्टमा गइ भुक्तानी गर्न सकिनेछ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । यसबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।