काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ६० हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर ५९ हजार आठ सय रुपियाँमा कारोबार भएको हो ।
त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार दुई सय ७० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार १५ रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपियाँले घटेर रहेर सात सय ३० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय २६ रुपियाँ कायम गरेको छ ।