युनियन हाइड्रोपावरले चैत १३ देखि आईपिओ जारी गर्ने

Advertisement

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले चैत १३ देखि साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको कूल निष्काशित आईपिओमध्ये ७० हजार छ सय ८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार छ सय ५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यस आईपिओ छिटोमा चैत १७ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहनेछ। इच्छुकले लगानीकर्ताले मेरो शेयर सफुटवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ। आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।

कम्पनीले सर्वसाधारणमा २९ लाख १२ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको ७ लाख ५० हजार कित्तामध्ये ६ लाख २१ हजार ७९० कित्ता बिक्री नभएपश्चात सो शेयर समेत सर्वसाधारणमा थपिएको हो ।

धितोपत्र बोर्डले सबैभन्दा खराब ५ ग्रेड पाउने कम्पनीलाई आईपिओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे यसअघि नै कम्पनीले स्थानीय बासिन्दालाई आईपिओ जारी गरिसकेकाले यस कम्पनीले आईपिओ जारी गर्ने अनुमति पाएको हो ।

Advertisement

Advertisement

Advertisement