नागरिक लगानी कोषलाई सचेत गराउँदै अर्थमन्त्रीले भने– नियामक छैन भनेर मनलाग्दी नगर्नुस्

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक बचत र पूँजीबजारको विकासले दिर्घकालिन बचतको स्रोत जुटाउने बताउँदै यस्तो बचतले देशको पूर्वाधारहरुमा लगानी गर्न र स्वाधिन अर्थतन्त्र निर्माणमा सहयोग गर्ने बताएका छन् ।

नागरिक लगानी कोषको बार्षिकोत्सबमा उनले मुलुकको आत्मनिर्भरताका लागि पनि यस्तो बचत वृद्धि गर्न संस्थागतरुपमा प्रयास गर्नुपर्ने बताए । खतिवडाले दिर्घकालिन पूँजी कोषको भूमिका महत्वपूर्ण रहेको बताउँदै धितोपत्र बजारबाट पूँजी उठाउन चाहने र ऋण लिन खोज्नेलाई सहजीकरण गर्नुपर्ने बताए ।

उनले यस्ता कोष स्थापनाका सीमाहरुलाई कार्यान्वयन गर्ने सुझाब पनि दिए । कोषबाट धेरै विचलित नहुन र धेरै हात पनि नफैलाउन खतिवडाको आग्रह छ । पुँजीबजारको दीर्घकालिन हितका लागि नागरिक लगानी कोषको महत्व रहेको भन्दै भने, ‘नेपालमा व्यापार मात्रै गरेर दिर्घकालिन काखको उच्च आर्थिक वृद्धि हाँसिल हुँदैन । यसको लागि उद्योग व्यवसाय, आय आर्जनका क्षेत्रहरु र अल्पकालिन कृषिबाहेक व्यवसायीक पूर्वाधारका क्षेत्रमा दिर्घकालिन लगानी गर्न बैंक वित्तीय क्षेत्र पुगेका छन् । उनीहरुलाई कोषको पूँजीले सहयोग गर्छ  ।

मन्त्री खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई एउटै छानामुनी ल्याएर देशव्यापी बनाउने बताए । उनले अवकासित जीवनलाई वित्तियरुपमा सुुरक्षित गर्नका लागि सामाजिक सुरक्षाको स्किम अगाडी बढाउने बताए ।

खतिवडाले सामाजिक सुरक्षा प्रणालीबाट अगाडी बढाउने र योगदान गर्न नसक्नेलाई राज्यले उसको अंश पूरा गरिदिएर सामाजिक सुरक्षाको स्किममा ल्याउने बताए । उनले बीमामा सबैको पहुँच बढाउने, बेरोजगारीलाई काम दिने र यदि काम दिन नसकेको खण्डमा सामाजिक सुरक्षाको दायरामा ल्याउने बताए ।

अर्थमन्त्री खतिवडाले भने, ‘पूँजी बजारमा नै तपाईहरुको लागि पर्याप्त लगानीको क्षेत्र छ । मुद्रा बजारमा धेरै नखेल्नोस् तपाईहरुको क्षेत्र मुद्रा बजार होइन् । तपाईहरु पूँजीबजारको सक्रिय खेलाडी हो । मुद्राबजारमा नखेल्नुस् । ब्याजदर तलमाथि पार्ने कोशिस नर्गनुस् ।’

नियामक निकाय छैन भनेर भ्रममा नपर्न नागरिक लगानी कोषलाई सचेत गराउँदै उनले भने, ‘तपाईंहरुको नियमनकारी निकाय छ । अहिले अर्थमन्त्रालयले नजिकबाट हेरिरहेको छ । साथै खतिवडाले अहिले कोषको नियमन अर्थमन्त्रालयले गर्दे आएको भए पनि राष्ट्र बैंकलाई हेर्न दिने तयारी भईरहेको खुलासा समेत गरे ।

वार्षिकोत्सवको अवसरमा कोषको भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले अब बन्न लागेको नयाँ भवनलाई राम्रो र बलियोसँगै व्यवसायमा अब्बल हुनुपर्ने बताए । उनले आफूले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने बताए । काठमाडौँ नयाँबानेश्वरस्थित यसअघि तरकारी बजार रहेको ठाउँमा कोषको भवन बनाउन लागिएको हो ।

Advertisement

Advertisement

Advertisement