राष्ट्र बैंकले १३ अर्ब ७९ करोडको ट्रेजरी बिल जारी गर्ने

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले भोलि (मंगलबार) १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपियाँ बराबरको  ट्रेजरी बिल जारी गर्ने भएको छ ।बैंकले कूल ९१ दिनदेखि तीन सय ६४ दिन अवधि तोकिएको उल्लेख गरेको छ । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ८ अर्ब २३ करोड रुपियाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल असार ३ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि जारी हुने २ अर्ब रुपियाँको ट्रेजरी २०७६ भदौ ३१ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

Advertisement

Advertisement

Advertisement