आठ महिनामा ९१ अर्ब ५४ करोड मात्र खर्च

Economic_ministry

काठमाडौं।  अर्थसचिव  डा. राजन खनालले ८५ प्रतिशत पुँजीगत खर्च हुने बताएका छन्। संसद्को अर्थ समितिको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षको बाँकी चार महिनामा उनले एक खर्ब ३५ अर्बको हाराहारीमा पुँजीगत खर्च हुने बताएका छन्।

उनले चालु आर्थिक वर्षका बाँकी चार महिनामा ८५ प्रतिशत पुँजीगत खर्च पुर्याउनका लागि खर्च दुई खर्ब २६ अर्ब पुर्याउनुपर्ने बताए। चालु आर्थिक वर्षमा तीन खर्ब १३ अर्ब ९९ करोड बजेट विनियोजन गरीएकोमा हालसम्म यो अवधिसम्ममा बजेट ९१ अर्ब ५४ करोड रुपियाँ मात्र खर्च भएको सचिव खनालले बताए।

united

उनले हरेक आर्थिक वर्षको अन्तिममा पुँजीगत खर्चको चाप बढ्दै आएको बताउँदै यस आर्थिक वर्षमा पनि यो समस्या कायमै रहने भएको उनले उल्लेख गरेका छन् ।