काठमाडौंमा तीन दिने पुष्प मेला हुँदै

Advertisement

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन अफ नेपालले यही चैत ८ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्ने भएको छ । फ्लोरिकल्चरले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी पुष्प मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा ४८ वटा स्टल रहनेछन् ।

त्यसमध्ये अफिसिल स्टलका लागि १० वटा हुनेछन् भने प्रतियोगितात्मक प्रदर्शनीका लागि ४ वटा, ल्याण्डीकेपिङ्गका लागि ४ वटा व्यवसायिक स्टलका लागि ६५ स्टल रहने छन् भने चार सय ५० वटा थरिथरिका फुलहरु प्रदर्शनी गरिने छ ।

मेला अवलोकनकर्ताको सुविधाको लागि फुडस्टल दुई वटा छुट्टाइएको छ । विगतका वर्षहरु जस्तै यो वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायिहरुद्धारा उत्पादित फुल विरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद सिल्ड तथा प्रमाण पत्रद्धारा पुरस्कृत समेत गरिने छ ।

नेपाली पुष्प व्यवसाय आ.ब. २०७३।७४ मा ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भइसकेको छ । करिब १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको र ४३ हजार पाँच सयभन्दा बढि व्यक्ती प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी पाइरहेका छन् ।

व्यवसायले आर्थिक वर्ष २०७४।७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको छ भने निर्यात तर्फ २ दशमलव ३७ करोड बराबरको निर्यात भएको छ । प्ष्प व्यवसाय बार्षिक १० देखि १५ प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिदर भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तार संग संगै काठमाडौंमा मात्र सिमित नभई धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका सहरहरुमा द्रुत गतिमा फैलिएको श्रेष्ठले बताए ।

तीन  दिनसम्म चल्ने मेलामा करिब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि संयोजक खड्काले बताए ।

उक्त मेलामा प्रवेश गर्नको लागि सर्वसाधारण नागरिकलाई १०० रुपैयाँ लाग्ने र विद्यार्थीलाई ५० रुपियाँ लाग्ने छ ।

Advertisement

Advertisement

Advertisement