सोलुखुम्बुको खरीखोलामा इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकास्थित खरीखोलामा १२औं एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएकोे छ । खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरीङ शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने कुरा प्रकाश पारे ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिकाको नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको बैंकले जनाएको छ ।

यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, नौं वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, एक सय ११ वटा एटिएम तथा ३ तीन हजार सात सय ८३ वटा पीओएस मेसिन बाट सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement