राष्ट्रिय बाणिज्य बैंकको १३औं साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको तेह्रौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवसमेत रहेका बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न सभामा गुरुङले राष्ट्रिय वाणिज्य बैंक विश्वासनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने बताए ।

बैंकको सञ्चालकमा क्रमशः अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।

सभामा शेयरधनीहरु दामोदरप्रसाद रेग्मी, निरञ्जनकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए भने अध्यक्ष गुरुङले जवाफ दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैयमाससम्म बैंकले एक खर्ब ८१ अर्ब रुपियाँ निक्षेप संकलन, एक खर्ब ३४ अर्ब रुपियाँ कर्जा लगानी र दुई अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा गरेको छ ।

Advertisement

Advertisement

Advertisement