प्रचण्डको नक्कल गर्दै विप्लवले जनसरकार बनाएर जनकारवाही सुरु गरे

Advertisement

दाङ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारबाही’लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकारलाई झनै सक्रिय बनाइएको उनको भनाई छ ।
नागरिक दैनिकबाट ।

काभ्रे । विप्लव समूहको आपराधिक क्रियाकलापपछि सरकारले उसलाई प्रतिवन्ध लगाएसँगै अन्य दलका नेता, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई गाउँमा प्रतिवन्ध लगाउँदै ‘लाठी लिएर लगार्ने’ उद्घोष बिप्लव समूहले गरेको छ ।

विप्लव समूहका सबै नेता कार्यकर्ता भूमिगत भएका छन् । ‘हामीलाई सरकारले राजनीतिकरुपमा प्रतिवन्ध लगाउने निर्णय गरेकाले हामीले दलका नेताहरुलाई प्रतिवन्ध लगाउँछौ’–नेकपा माओवादी विप्लव समूहका नेता रेशम नेपालीले भने ।

फोन सम्पर्कमा आएका नेता नेपालीले जनताका लागि बलिदानी दिन सरकारले आफ्नो पार्टीका गतिविधिलाई प्रतिवन्ध लगाएकाले अन्य दलका गतिविधिहरुलाई प्रतिवन्ध लगाउने बताए । ‘हामी छलफलकै क्रममा छौं, जिल्लाको सांगठनिक अभियान सदृढ बनाउँदै विकास निर्माणमा समेत सहयोग पुर्याउने छौं’–जिल्ला नेता नेपालीले भने– ‘जनताको भावना विपरित काम गर्नेलाई कारवाही गर्छौ ।’

नेता नेपालीले कस्तो कारवाही ? भने खुलाउन चाहेनन् । पार्टी नीति बन्दै गएकाले तत्काल के गर्ने ? निर्णय नभएको बताउँदै उक्त समूहले ग्रामीण भेगमा रहेका सरकारी प्रतिनिधिलाई खेद्ने रणनीति अख्तियार गरेको दावी गरेको छ ।

उपभोक्ता समितिमार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ । ‘प्रहरी हाम्रो तीनपुस्ते उतार्दै छ, हामी पनि तीनको तीन पुस्ते उतार्न लाग्दैनौ, ठाउँको ठाउँ प्रतिरोध गर्नेछौं’– नेता नेपालीले भने– ‘हामीलाई पक्राउ गर्न आउनेलाई हामी पनि पक्राउ गर्छौ । गाउँ गाउँबाट लाठी लिएर लगार्न शुरु गरेपछि त्यसको हिसाव किताव गर्ने छौं ।’

विप्लव समूहले पहिलो चरणमा जनप्रतिनिधि र तिनका गतिविधिलाई प्रतिवन्ध लगाउने तयारी गरेको छ भने दोस्रोे चरणमा प्रहरी तथा सुरक्षा निकायलाई प्रतिवन्धको तयारी गरेको छ । जिल्ला सेक्रेटरी लेखराज गजमेर, जिल्ला इन्चार्ज शरद रसाईली भूमिगत छन् । ३५ सदस्यिय जिल्ला कमिटी अन्र्तगत ७ वटा इलाका छन् । भातृ संगठन विद्यार्थी, महिला, दलित, मजदुर, तामाङ मुक्ति मोर्चा लगायत क्रियाशिल छन् ।

विप्लव समूहले पहिलो टार्गेट जनप्रतिनिधिलाई बनाएको छ । उपभोक्ता समितिमार्फत काम भएका स्थानहरुमा उपभोक्ता समितिबाट ४ प्रतिशत रकम चन्दाका रुपमा उठाउन शुरु गरेको छ । जिल्लाको महाभारत र खानिखोला गाउँपालिकाका अधिकांश उपभोक्ता समितिलाई चन्दा माग गरिएको छ । ‘जनताले दान गछर्न भने कसैले टाउको दुखाउनु पर्दैन, स्वेच्छाले घर खेत दान दिए पनि लिन्छौं’–नेता नेपालीले भने– ‘जर्बजस्ति गरेका छैनौं ।’

फागुन २४ गते खानिखोला गाउँपालिका ३ मा रहेको जुरे भाङटार धनामना बेशी सडक उपभोक्ता समितिका अध्यक्ष डम्बरबहादुर लुङ्गेलीलाई २ घण्टा नियन्त्रणमा लिएर छाडिएको छ । सडक खनिरहेका लुङ्गेलीलाई विप्लव समुहका कार्यकर्ताहरुले अपहरणको शैलीमा आधा घण्टा लिएर गएका थिए । ‘डोजरको चावी लिएर मलाई समेत लिएर गएका हुन्’–अध्यक्ष लुङ्गेलीले भन्नुभयो–‘बजेट र श्रोत तथा कामको गुणस्तरका बारेमा सोधपुछ गरेर छाडिदिए ।’

उक्त सडक निर्माणका लागि गाउँपालिकाले २५ लाख रकम विनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा २० लाख रकम विनियोजन गरिएको थियो । साविक डाँडागाउँ गाविसको उक्त सडक भाङटार हुँदै महाभारतको कुपिन्टार जोडिन्छ । डोजर मालिक र उपभोक्ता समितिबाट ४० हजार दिने शर्तमा अध्यक्षलाई छाडिएको श्रोतले बतायो । फलामेटार प्रहरी चौकी र गोकुले प्रहरी चौकीबाट प्रहरी गएपछि विप्लव समूहले अध्यक्ष लुङ्गेलीलाई मुक्त गरेका थिए ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement